राहदानीको निवेदन फाराम भर्ने तरिका

(क) फारामको शिरमा राहदानीको लागि जुन कार्यालयमा निवेदन पेश गरिएको हो सो कार्यालयकोे नाम उल्लेख गर्नुपर्नेछ ।

ख) राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम सकेसम्म टाइप गरी पेश गर्नु पर्नेछ । टाइप गर्न संभव नभएमा गाढा कालो मसिले बुझिने गरी फाराममा माग गरिएको सबै सूचना दिने गरी फाराम भर्नु पर्नेछ । फाराम भर्दा एक कोठा भित्र एक अक्षर मात्र पर्ने गरी सफा र शुद्धसँग अङ्गे्रजी ठूलो अक्षरमा भर्नुपर्नेछ । यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ ।

(ग) निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पुरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेलाई ध्यान दिनुपर्नेछ ।

(घ) राहदानीको निवेदन फाराममा १७ खण्डहरु रहेका छन् । ती खण्डहरुलाई निम्नानुसार क्रमैसँग भर्नुपर्नेछ । फाराममा ८ चिन्ह दिइएका खण्डहरु अनिवार्य रुपमा भर्नुपर्नेछ ।

(१) थर (Surname) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर लेख्नुपर्नेछ ।
(२) नाम (Given Name) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्नु पर्नेछ । उदाहरणका लागिः

पूरा नाम कृष्ण बहादुर थापा भएका निवेदकले थरमा Thapa र नाममा Krishna Bahadur लेख्नुपर्नेछ ।
बिवाहितमहिलालेआफ्नो माइती र पति दुवैको थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । जस्तैः गीता कुमारी गौतम खनाल पूरा नाम भएकी निवेदकले थरमा Gautam Khanal नाममा Gita Kumari लेख्नु पर्नेछ । त्यस्तोमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

बिवाहित महिलाले आफ्नो माइती तर्फो मात्र थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । तर पति तर्फो थर राख्न चाहेमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

(३) जन्मस्थान (Place of Bi rth) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्मस्थानको जिल्ला भर्नुपर्नेछ ।
(४) राष्ट्रियता (Nationality) सम्बन्धी खण्ड भर्दा अङ्ग्रेजीमा NEPALESE भर्नु पर्नेछ ।

५) (क) जन्ममिति (Date of Birt h) खण्ड भर्दा निवेदकले नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्ममिति बिक्रम सम्वतमा र त्यसलाई रुपान्तरण गरी इश्वी सम्वतमा समेत लेख्नु पर्नेछ ।

विक्रम सम्वतबाट इश्वी सम्वतमा रुपान्तरण गर्दा ७ दिन सम्मको फरक परेमा सो को पुष्ट्याइ गर्ने प्रमाण पेश गरेमा सो बमोजिमको जन्ममिति राहदानीमा उल्लेख गर्न सकिनेछ । बिक्रम सम्वतबाट इश्वी सम्बतमा जन्ममिति रुपान्तरण गर्दा ३ दिन सम्म फरक परेमा त्यसको पुष्ट्याइ गर्ने थप प्रमाण पेश गर्नु पर्नेछैन ।
माथिखण्ड-क) को अधिनमा रही जन्म मिति भर्दा S.L.C. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मिति र पहिले राहदानी लिइ सकेको भए त्यसमा उल्लिखित जन्म मितिलाई ध्यान दिनु पर्नेछ ।

(६) लिङ्ग (Sex) खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित लिङ्ग भर्नु पर्नेछ ।

(७) नागरिकता वा अनुमति नं. (Citizenship or Permit No.) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रको नम्बर भर्नुपर्नेछ ।

(८) जारीमिति (Date of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ ।

(९) जारी भएको स्थान (Place of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको नाम लेख्नुपर्नेछ ।

(१०) पूरानो राहदानी वा यात्रा अनुमतिपत्र नं (Old Passport or Travel Document No.) सम्बन्धी खण्ड भर्दा पहिले राहदानी लिएको भए उक्त राहदानीको नम्बर, पहिले एक भन्दा बढी राहदानी लिएको भएमा पछिल्लो राहदानीको नम्बर उल्लेख गर्नुपर्नेछ ।

१०A) जारी भएको मिति (Date of issue) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमति पत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ ।

(१०B) जारी भएको स्थान (Place of Issue) (११) ठेगाना (Address) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको ठाउँ उल्लेख गर्नुपर्नेछ ।

(११A-E) ११A देखि E सम्मका खण्ड भर्दा निवेदकको स्थायी ठेगाना भएको जिल्ला, नगरपालिका वा गा.वि.स., वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बररब्लक नम्बर भएमा सो समेत क्रमैसँग लेख्नुपर्नेछ । घर नम्बररब्लक नम्बर नहुनेले घर नम्बरको ठाउँ खाली छाड्न सकिनेछ ।

(१२) इमेल (E-mail) सम्बन्धी खण्डमा निवेदकको सम्पर्क इमेल ठेगाना भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।

१३) फोन नं. (Phone No.) सम्बन्धी खण्डमा निवेदकको फोन नंं भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ । आफ्नो फोन नभएमा परिवारका सदस्य वा नजिकका चिनजानका व्यक्तिको नम्बर दिन सकिनेछ ।

(१४) आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको ( Next of Kin) खण्डमा निवेदक विदेशमा छँदा कुनै संकट परेमा खबर गर्न सकिने निवेदकको परिवारको सदस्य वा आफन्त वा मित्रको नाम र ठेगाना भर्नुपर्नेछ ।

(१४A-G) १४A देखि १४G सम्मका खण्डमा निवेदक विदेशमा छँदा आपत परेमा खबर गर्ने व्यक्तिको पूरा नाम थर, ठेगाना, जिल्ला, गा.वि.स.रन.पा., वडा नंं, टोलरगाँउ, घर नम्बर, समेत क्रमैसँग भर्नुपर्नेछ ।

(१५) नाता (Relationship) सम्बन्धी खण्डमा आपत परेको बेलामा खबर गर्नुपर्ने व्यक्तिसँग निवेदकको के नाता पर्छ सो उल्लेख गर्नुपर्नेछ ।


(१६) फोन नं.(Phone No.) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको फोन नम्बर भएमा सो लेख्नुपर्नेछ ।

(१७) इमेल (E-mail) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको इमेल भएमा सो प्रष्टसँग लेख्नुपर्नेछ ।

(१८) फारामको अन्त्यमा निवेदकको दायाँ र बायाँ बुढी औंलाको छाप प्रष्टसँग लगाउनुपर्नेछ । निवेदक को स ही (A pplicant's Signature) सम्बन्धी कोठामा निवेदकले पूरा हस्ताक्षर गर्नुपर्नेछ । उक्त हस्ताक्षर डिजिटल प्रविधिबाट निवेदकको राहदानीमा राख्नुपर्ने हुँदा हस्ताक्षर पूरा र प्रष्ट नभएमा निवेदक स्वयं जिम्मेवार हुनुपर्नेछ । निरक्षर भएमा हस्ताक्षर गर्नुपर्ने बक्समा × चिन्ह लगाउनु पर्नेछ ।

 

राहदानी निवेदन फाराम प्रिन्ट गर्ने तरिका

Passport Application Form - Guidelines
 

  • Download the application form.
  • Open the application form using Adobe Acrobat. If you don't have Adobe Acrobat installed on your PC please download and install it.
  • Once the form is open, Fill in your form and print.
     

  1. You should see the print window.
  2. Use only A4 size paper to print the form.
     

  1. Click on the printer properties button to bring up the printer options. And click on Paper. This tab can vary from printer to printer but it will mention paper.
     

  1. From the paper size, (this can have different labels for different printers) select A4.
     

  1. Click on OK.
  2. On Page Scaling Select None.
     

10. Click OK to print